You are viewing the translated version of प्राकृतिक व्यक्तिले सम्पत्ति वा कोष रोक्का राख्ने प्रक्रिया.

Section 66
प्राकृतिक व्यक्तिले सम्पत्ति वा कोष रोक्का राख्ने प्रक्रिया
(१) कुनै प्राकृतिक व्यक्तिले ऐन वा यस नियमावली बमोजिम सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष आफूसँग रहेको थाहा हुन आएमा त्यस्तो सम्पत्ति वा कोषको विवरण रोक्का वा नियन्त्रणमा राख्ने प्रयोजनको लागि गृह मन्त्रालय वा नजिकको जिल्ला प्रशासन; कार्यालयलाई गोप्य रूपमा दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको विवरण प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सोको जानकारी तत्काल गृह मन्त्रालयलाई .दिनु पर्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिमको जानकारी प्राप्त हुन आएमा गृह मन्त्रालयले सो उपर तत्काल जाँचबुझ गर्दा त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष भएको देखिएमा: अनुसूची-५ बमोजिमको ढाँचामा आदेश जारी गरी त्यस्तो सम्पत्ति वा कोष रोक्का राख्ने वा आफ्नो नियन्त्रणमा लिनु पर्नेछ।